Logo

मुख्य समाचार

सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका-२ पेल्माङका ५६ वर्षीय जसधन राई निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट सख्त घाईते भएका राईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

उनको टाउको, घाँटीसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ३० बजे