Logo

Breaking News 1

राष्ट्रिय सभा बैठक सर्‍यो



काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ ।

१२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमााम बस्न नसक्ने भएकाले बैठक सारिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : ३६ बजे