Logo

मुख्य समाचार

मानव बेचबिखनका आरोपी गौतम पुर्पक्षका लागि थुनामा



काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलाशले गौतम र कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका हस्तसहितको समूहमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । हस्‍त गत भदौ २० गते पक्राउ परेका थिए । उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : १९ बजे