Logo

मुख्य समाचार

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला



काठमाडौं । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ । पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।

अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए ।

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए ।

सिंह रक्सी पसललाई छोडेर अहिले गाउँमै खेतीपाती गर्दै आएका थिए। सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ३० बजे