Logo

समाचार

स्ट्रबेरी प्रतिकेजी ८०० मा कारोबार, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य



काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८,गोलभेडा सानो लोकल रू ४५,भारतीय गोलभेडा ठूलो ३०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ४०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,बन्दा लोकल ५०, गाजर १३०, मूला सेतो ५०,भन्टा डल्लो ५०, भन्टा लाम्चो २०,मकै बोडी ८०,टाटे सिमी ५०,तितो करेला ५०,ब्रोकाउली २५०, कागती २२० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००,केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, नासपाती ८०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि ४००,हरियो खुर्सानी अकबरे १२० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०,स्ट्रबेरी प्रतिकेजी ८००,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६८,लसुन हरियो २५०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला ७०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ५०,कन्य च्याउ १३०,तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ४६ बजे