Logo

मुख्य समाचार

भन्सार छलिको मदिरासहित पाँचजना भारतीय नागरिक प्रक्राउ



हेटौंडा । मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याएको ८ सय ५५ बोतल मदिरासहित पाँच जना भारतीय नागरिकलाई प्रक्राउ गरेको छ । गत शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ परेकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेका छन्। पक्राउ परेकाहरूलाई बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ३८ बजे