Logo

मुख्य समाचार

लागुऔषधसहित एकजना पक्राउ



इलाम । माई नगरपालिका-४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका-४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरीले शंकास्पद रुपले हिडिँरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : २७ बजे