Logo

मुख्य समाचार

नेपाललाई विकासको रणनीतिमा जोड्न चाहेको चिनिया राष्ट्रपति सीको धारणा



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा चिनिया राष्ट्रपति सीले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताएको नेपालका लागि चिनिया राजदुत छन सोङले जानकारी दिएका छन् ।

‘सीले चीन–नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्नका लागि विकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको छ ।’ भेटपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक्समा लेखेका छन् ।

प्रधानमन्त्री दाहाल १९ औं एसियाली खेलकुदमा सहभागी हुन शनिबार चीन पुगेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ०१ बजे