काठमाडौं । चीनमा १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरेका हुन् ।
१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसकेपनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा ४५ देशका खेलाडी सहभागी छन् ।
उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मात्रै चीन पुगेका छन् । कोरोना महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९ औं एसियाडको भव्य उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरु चीन पुगेका छन् ।
यस पटक एसियाडमा एसियाका पूरै ४५ देश सहभागी छन् भने १२ हजार भन्दा धेरै खेलाडीको सहभागिता रहेको छ । एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९ औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यस पटक एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी छन् ।
प्रतिक्रिया