Logo

मुख्य समाचार

बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु



धनगढी ।  कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक आज से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर चालक डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन्। नविनको उपचारकोक्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ०४ बजे