Logo

Breaking News 1

आन्दोलनरत शिक्षकको तर्फबाट वार्ता टोली गठन नहुँदा सरकारसँगको वार्तामा ढिलाइ


५ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ। आन्दोलनरत शिक्षकहरूले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गर्ने तयारी गरेका छन् । आन्दोलन परिचालन समितिको बैठकमा वार्ता टोली गठन गरेर सरकारसँग औपचारिक वार्ता गर्ने भएको हो ।

त्यसका लागि केही समयमा वार्ता टोली गठनको तयारी भइरहेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । शिक्षक कर्मचारीहरूको तर्फबाट वार्ता टोली गठन गरेर आजै सरकारसँग वार्ताको तयारी भइरहेको अध्यक्ष तिवारीले बताए ।

सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ । शिक्षकहरूलाई औपचारिक रूपमा वार्तामा आउन आह्वान समेत गरेको छ । तर, वार्ता टोली गठन हुन नसक्दा औपचारिक रूपमा वार्ता हुन नसकेको हो ।

आजै दिउँसो नेपाल शिक्षक महासंघका पदाधिकारीहरू लगायत आन्दोलनरत शिक्षक संघ संगठनका प्रतिनिधिहरूले शिक्षा सचिवसँग छलफल गरेका छन् । छलफलको क्रममा आफूहरूले उठान गरेका माग र ती विषयलाई कसरी वार्ता प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको छ ।

छलफलको क्रममा सरकारको धारणा र आफूहरूको बटमलाइनबारे दुवै पक्षबीच छलफल भएको अध्यक्ष तिवारीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : ३३ बजे