Logo

मनोरञ्जन

उषा रजकले अनुप बराललाई लगाइन् नेपोटिजमको आरोप


५ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। अभिनेत्री उषा रजकले अभिनेता अनुप बराललाई नेपोटिजमको आरोप लगाएकी छन् । एक्टर्स स्टुडियोका सञ्चालकसमेत रहेका अनुपले सम्बन्धका आधारमा कास्टिङ गर्ने गरेको उषाको आरोप छ ।

“एक्टर स्टुडियोको पहिलो ब्याचको विद्यार्थी हुँ म । १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, “अहिले पनि त्यही कुरीति कायमै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन ।” चलचित्र ‘कागबेनी’मा आफू छनोट भएको तर अनुप बरालकै कारण दीया मास्केलाई अवसर दिएको उनले आरोप लगाएकी छन् । उक्त चलचित्रको निर्माण टिमका सदस्यबाटै आफूले यो जानकारी पाएको उनले बताएकी छन् ।

थाहा पाएपछि आफूले यसबारे भने पनि अनुपले जवाफ नदिएको उषाले उल्लेख गरेकी छन् । “त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भा’को सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ,” उनी लेख्छिन्, “१७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ हो म अलिकति त काँतर नै हो ।”

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : २० बजे