Logo

मुख्य समाचार

छाँंया सेन्टर भत्काउन मागसहित विराेध प्रदर्शन हुने


५ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरीमा निर्मित छाँंया सेन्टर तत्काल भत्काउन दवाव दिन शुक्रबार राजधानीमा रयाली तथा कोणसभा हुने भएको छ ।

सम्पदाप्रेमी समाज नेपाल काठमाडौंको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अनुसार शुक्रबार दिउँंसो २ बजे काठमाडौंको इन्द्रचोकबाट जुलुश सुरु हुने आयोजक समाजको अध्यक्ष कविन्द्र डंगोलले बताए । कार्यक्रम अन्तर्गत ठमेल छायाँं सेन्टर, काठमाडौंमा कोणसभा हुने उनले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ४८ बजे