Logo

Breaking News 1

सरकार र शिक्षक महासंघबिचको वार्ता विनानिष्कर्ष सकियो



काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन बनेको छ ।

बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा बुँदागत रुपमा छलफल भएपनि कुनै सहमति नभई सकिएको हो । नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको बताएको छ ।

नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सरकासँग भएको छलफल निष्कर्षविहिन भएपछि आन्दोलन जारी रहने बताएका छन् । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए ।

‘अहिले छलफल मात्रै भयो । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल र हस्ताक्षर गर्दैनौ भनेका छौं । भोलि विहान ९ बजे पुनः बैठक बस्नेछौं’, उनले भने ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : २७ बजे