Logo

समाचार

शिक्षक आन्दोलनप्रति एमाले अध्यक्ष ओलीको ऐक्यवद्धता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले शुरु गरेको आन्दोलनप्रति समर्थन जनाएका छन् ।

झापाको दमकमा बिहीबार आयोजित युवा संघको कार्यक्रममा अध्यक्ष ओलीले शिक्षकले उठाएका माग तत्काल सम्बोधन गरी पठनपाठनको वातावरण बनाउन सरकारलाई आग्रह गरे । उनले गुरुहरूका मागलाई हल्का रूपले नलिन पनि सरकारलाई चेतावनी दिएका छन् ।

उनले केन्द्र सरकारका साथै कतिपय स्थानीय सरकारले समेत शिक्षकका आवाजलाई बेवास्ता गर्नु मुलुकका लागि दुर्भाग्य साबित हुने बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : ३६ बजे