Logo

मुख्य समाचार

मानवीय कारणले यति एअरको विमान पोखरामा दुर्घटना भएको निष्कर्ष



काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटनाको अनुसन्धान गर्न गठित जाँच आयोगले निकालेको निष्कर्षमा विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको प्रतिवेदन तयार गरेर पर्यटन मन्त्रालयलाई बुझाएको हो ।

सरकारले दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेश्वप्रसाद घिमिरेको संयोजकत्वमा आयोग गठन गरेको थियो । आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

आयोगले बुझाएको उक्त प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम जहाज निर्माण भएको देश फ्रान्स, इन्जिन बनेको देश क्यानडा र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा पठाइनेछ । त्यसपछि मात्रै प्रतिवेदन सार्वजनिक हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : ३२ बजे