Logo

खेलकुद

६ वर्षपछि फर्किएको आर्सनललाई ४–० को सुरुवाती जीत



काठमाडौं । पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जीत निकालेको छ । युरोपियन च्याम्पियन्स लिगमा ६ वर्षपछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो ।

२०२३– २४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४–० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन ।

गए राति सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनल ४– ० ले विजयी भएको हो । उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफ मा नै तीन गोल गरेको थियो ।

आर्सनलका बुकायो साकाले आठौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा थप अर्को गोल गरे पछि आर्सनलको अग्रता दोब्बर हुन पुगेको थियो ।

गाब्रीएल जेससले ३८औं मिनेटमा गोल गरे पछि आर्सनलले पहिलो हाफमा नै ३–०को फराकिलो अग्रता बनाउन सफल भयो । पहिलो हाफमा नै ३–० को अग्रता लिएको आर्सनलका कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा थप गोल गरे पछि खेल ४–० मा टुंगियो । सो जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ४६ बजे