Logo

समाचार

जनप्रतिनिधि थकित भएपछि मण्डनपुरमा आज सार्वजनिक बिदा



काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिइएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भबनबाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिइएको हो ।

‘विगत तीन दिनदेखि लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ३२ बजे