Logo

समाचार

शिक्षा विधेयकमा बालेनको असहमति, शिक्षकलाई कारबाही गर्ने चेतावनी



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधयेकमा असहमती रहेपनि आन्दोलनमा सहभागी हुने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत मेयर शाहले संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप रहेको भन्दै शिक्षा विधयेकमा असहमती जनाएका हुन् ।

विधेयकप्रति असहमति रहेपनि स्कुल बन्द गरेर पठन पाठनमा अवरोध गर्ने शिक्षकलाई कारबाही गर्ने उनको चेतावनी छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ३० बजे