Logo

Breaking News 1

सभापति देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी



काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका हुन् ।
जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् ।

सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : ०० बजे