Logo

Breaking News 1

शिक्षकहरुद्वारा माइतिघर मण्डलामा विरोध प्रदर्शन



काठमाडौं। नेपाल शिक्षक महासंघको आह्वानमा सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन थालेका छन् ।

माइतीघर मण्डलामा भेला भएर देशभरबाट काठमाडौं आएका शिक्षकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : ३६ बजे