Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता



अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिकामा छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : १५ बजे