Logo

Breaking News 1

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै एमाले



काठमाडौं। नेकपा (एमाले) ले दिवंगत संविधान सभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको कार्यालय बैठकले आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ । बैठकले असोज २ गते पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने विचार गोष्ठीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तय गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको बैठकको जिम्मेवारी दिइएको छ भने कोशी प्रदेशको इलाममा आयोजना हुने विचार गोष्ठीको जिम्मा रामबहादुर थापा ‘बादल’ लाई दिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली जाने छन् । गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई र कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेलाई विचार गोष्ठीको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ११ : ५९ बजे