Logo

मुख्य समाचार

गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका प्रमुख आवासीय प्रतिनिधिको भेटवार्ता



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ ।

गत साउन २८ गतेकागवेनी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको र सो क्षति तथा सहयोगका विषयमा दुई पक्षीय छलफल भएको बताइएको छ। छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले स्थानीयले भोग्नुपरेको सास्ती, सामुदायिक सरकारी संरचनाहरूको क्षतिका बारेमा बताउँदै सहयोगका लागि युएनडिपीको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सरकारको सीमित स्रोत र साधनका भए पुन निर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएकाले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेश भित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए । भेटका अवसरमा फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन कालीगण्डकी कोरिडोरमा जीवनयापन तथा आय आर्जन सम्बन्धी कार्यक्रमका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ६ : २९ बजे