Logo

मुख्य समाचार

आज कुशे औंशी, घर घरमा कुश भित्र्याइँदै



काठमाडौं । आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् ।

मुख्यत; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिनेछ । धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको कुश जजमानकहाँ पुर्‍याउन र त्यो कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने भएकाले आज राखिने कुशकाे बिशेष मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ७ : १४ बजे