Logo

Breaking News 1

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि आज गरिँदै



काठमाडाैं । संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको अन्त्येष्टि आज गरिने भएको छ । सोमबार राति नेम्वाङको निधन भएको थियो । अन्त्येष्टिअघि शवयात्रा गरिने छ ।

शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताए ।

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई हिजाे बालुवाटारस्थित निवासमा लगिएको छ । आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ६ : ०७ बजे