Logo

मुख्य समाचार

रुकुमपूर्वको सदरमुकाम विवाद ५ वर्षपछि सर्वोच्चले टुङ्ग्यायो



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट गोलखाँडामा सार्ने तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गरेको छ ।

सर्वोच्चले २०७४ साल माघ ११ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुमपूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२, गोलखाडामा तोक्ने निर्णय बदर गरेको हो ।

संवैधानिक इजलासले आवश्यक मापदण्ड बनाएर सदरमुकाम तोक्न पनि परमादेश दिएको छ । संवैधानिक इजलासले रुकुमको सदरमुकाम विवाद पाँच वर्षपछि टुंगो लगाएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ५४ बजे