Logo

Breaking News 1

६१ किलो सुन प्रकरण : ५० जनालाई प्रतिवादी बनाउँदै सीआईबीले प्रतिवेदन बुझाउने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ ।

सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिललाई बुझाउने भएको हो । ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् । ६१ किलो सुन बरामद प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

आफ्नै कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे जानकारी गराएको सीआईबीले सरकारी वकिललाई बुझाउन लागेको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ४५ बजे