काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।
हृदयघातबाट मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो । सोही दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयसमेत गरिसकेको छ ।
नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ ।
प्रतिक्रिया