Logo

अर्थ

माईखोला हाइड्रोपावरको स्थगित भएको एजीएम अब १८ असोजमा बस्ने



काठमाडौं । माई खोला हाइड्रोपावरको स्थगित भएको वार्षिक साधारणसभा अब असोज १८ मा बस्ने भएको छ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले १ः१ (१००प्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ ।

सोही पुँजीको शतप्रतिशत राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन असोज ३ गतेसम्म सेयरधनी कायम हुनुपर्छ । यसअघि कम्पनीको असोज ९ गते बस्ने भनिएको वार्षिक साधारण सभा स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ०८ बजे