Logo

मुख्य समाचार

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान



काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।

मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन् ।

महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : १७ बजे