Logo

अर्थ

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदरद १३२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ८५ रुपैयाँ ६१ पैसामा काराेबार हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ५३ पैसा र सिंगापुरे डलर ९७ रुपैयाँ ३८ रुपैयाँमा काराेबार हुनेछ ।

यसैगरी, खाडी मुलुकहरुमध्ये साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा र मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा तथा कुवेती दिनार ४२९ रुपैयाँ ५२ पैसामा काराेबार हुनेछ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ५० बजे