Logo

Breaking News 1

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने सीआइवीको तयारी



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणको अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने तयारी गरेको छ ।

संगठित अपराधमा ६० दिनभित्र मुद्दा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेकाले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी सीआइवीले गरेको हो ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । राजस्वले १८ दिन अनुसन्धान गरेर संगठित र अन्तरदेशीय अपराध देखिएकाले सीआईबीको जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : ३५ बजे