काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ ।
श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाएकै अबस्थामा पानी परेपछि खेल नै प्रभावित बनेको हो ।
भारतका लागि केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । त्यसअघि ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भएका थिए ।
पानी परेर खेल नै प्रभावित भएपछि खेल सोमबार रिजर्भ डे सम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया