Logo

मुख्य समाचार

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो



काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ ।

भूकम्पमा परी शनिबार रातिसम्म २ हजार १२ जनाको मृत्यु भएको हो । यस्तै २ हजार ५९ भन्दा बढी घाइते भएका छन् ।

मोरक्कोमा शुक्रबार राति ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । यहाँ १२० वर्ष यताकै यो सबैभन्दा शक्तिशाली भूकम्प हो।

भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : ५३ बजे