काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई राप्रपाको समर्थन नभएको बताएका छन् । सर्वोच्च अदालतको परमादेशले गठित एमाले नेता कार्की नेतृत्वको सरकारलाई राप्रपाले समर्थन नदिएको लिङ्देनले बताए ।
विराटनगरमा शनिबार पत्रकारसँग कुराकानीमा अध्यक्ष लिङ्देनले अहिलेको कोशी सरकारको बारेमा राप्रपामा कुनै किसिमको धारणा नबनाएको बताएका हुन् ।
‘
कोशीमा राजनीतिक स्थायित्व चाहिएको हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपाको प्रदेश र सरकार दुवै प्राथमिकताको विषय नै होइन ।’
उनले कांग्रेस र एमालेलाइृ अझै पनि मौका रहेको भन्दै प्रदेश सरकार टिकाउन दुई दललाई मिल्न आग्रह गरे ।
प्रतिक्रिया