Logo

मुख्य समाचार

अमेरिका पठाउने भन्दै विभिन्न देशमा बन्धक बनाउने गौतम पक्राउ



काठमाडौं । नेपालबाट अमेरिका पठाउने भन्दै अन्य देशमा पुर्‍याएर बन्धक बनाउने मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यूरोले नेपालबाट अमेरिका पठाउने भन्दै श्रीलंका, फिलिपिन्स, जाम्बियालगायतका मुलुकमा पुर्‍याएर बन्धक बनाउने र रकम असुल गरेको आरोपमा हस्त गौतमलाई पक्राउ गरेको हो ।

२०५१ सालमा पारा ओलम्पिकका लागि अमेरिका गएका गौतमले अमेरिकाकै ग्रिन कार्ड र राहदानीसमेत लिइसकेका छन् ।

अमेरिकाको राहदानी लिएका उनले मेक्सिकोका गिरोहसँग मिलेर मानव तस्करी गर्दै आएको खुलेको हो । अहिलेसम्म २ सय जना लगिसकेका गौतममार्फत गएका १३ जना अहिले विभिन्न देशमा अलपत्र परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ११ : १३ बजे