काठमाडौं । सरकारले संघीय निजामती सेवा र संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्वीकृत गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया