काठमाडौं । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।
बुधबार नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले मसाल जुलुसहित विरोध प्रदर्शन गरेका छन् ।
यादवमाथि भएको आक्रमणप्रति अर्को भ्रातृ संस्था तरुण दलले समेत विरोध गरेको थियो ।
प्रतिक्रिया