काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणका अभियुक्त सुमन खरेललाई सीआईबीको टोलीले पक्राउ गरेको छ ।
कपिलवस्तुबाट खरेललाई पक्राउ गरी काठमाडौं ल्याइएको र बुधबार म्याद थप गर्ने तयारी प्रहरीको छ । रुपन्देही स्थायी घर भएका खरेल काठमाडौंमा बस्ने भएपनि भारतमा लुकेर बसेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर काठमाडौंको सिनामंगलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो ।
प्रतिक्रिया