काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि सोमबार रातिदेखि हुने भनिएको मतदान स्थगित गरिएको छ।
निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनुसार मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी सोमबार राति स्थगित गरिएको हो ।
अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल उम्मेदवार छन् । सचिवमा भने लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।
सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ ।
प्रतिक्रिया