Logo

Breaking News 1

एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित



काठमाडौं । एसीया कपअन्तर्गत नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पेलेकेल क्रिकेट मैदानमा भएको खेलमा भारत विजयी भएको हो ।

भारतसँग पराजित भएसँगै नेपाल एसिया कपको समुह चरणबाटै बाहिरिएको छ भने भारत भने सुपर ४ मा पुगेको छ । नेपाल रहेको समुहबाट यसअघि पाकिस्तान समेत सुपर चारमा पुगेको थियो ।

नेपालले दिएको शुरुवाती २३१ रनको लक्ष्य वर्षाका कारण घटाएर १४५ कायम भएको थियो । २३ ओभरमा १४५ को लक्ष्य पाएको भारतले २० दशमलव १ ओभरमा भेटाएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले नटआउट ७४ रन बनाए भने शुभमन गिलले नटआउट ६७ रन बनाए । त्यसअघि टस हारेर पहिलो व्याटिङ गरेको नेपालले सम्मानजनक स्कोर बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ दशमलव २ ओभरमा २३० रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए ।

कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा कुशल मल्ल पनि २ रनमै आउट भए । भीम सार्की ७ रनमा आउट हुँदा गुल्सन झाले २३ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २९ रन, सोमपाल कामी ४८ रन बनाए । सन्दीप लामिछाने ९ रनमा रनआउट भए भने ललित राजवंशी शून्यमा आउट भएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ११ : ५१ बजे