काठमाडौं । एसिया कपअन्तर्गत श्रीलंकामा जारी नेपाल र भारतबिचको खेल २३ ओभरमा घटाइएको छ ।
पानी परेर प्रभावित भएको खेल २३ ओभरमा घटाइएको हो । यसअघि नेपालले भारतलाई ५० ओभरमा २३१ रनको लक्ष्य दिएको थियो । तर ओभर घटाइएपछि अब भारतले २ ओभरमा १४५ रनको लक्ष्य पाएको छ ।
एसिया कपअन्तर्गत नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ शुरु गरेपछि खेल वर्षाले रोकिएको छ । भारतले २ दशमलव १ ओभरमा १७ रन बनाउँदा वर्षा शुरु भएर खेल रोकिएको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ दशमलव २ ओभरमा २३० रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए ।
कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा कुशल मल्ल पनि २ रनमै आउट भए । भीम सार्की ७ रनमा आउट हुँदा गुल्सन झाले २३ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले २९ रन, सोमपाल कामी ४८ रन बनाए । सन्दीप लामिछाने ९ रनमा रनआउट भए भने ललित राजवंशी शून्यमा आउट भएका थिए ।
प्रतिक्रिया