Logo

Breaking News 1

बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा



काठमाडौं । बागमती सरकारले भदौ २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौं बूढानीलकण्ठ–५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गरिएको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ०२ बजे