Logo

Breaking News 1

नेपाल र भारतबीचकाे खेल वर्षाका कारण राेकियाे



काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।

खेल रोकिँदा दिपेन्द्रसिंह ऐरी २० बलमा तीन चौकासहित २७ र सोमपाल कामी २० बलमा एक चौका प्रहार गरी ११ रन बनाएर खेल्दै छन् । भारतका लागि अहिलेसम्म रविन्द्र जडेजाले तीन, मोहम्मद सिरजाले दुई तथा शार्दुल ठाकुरले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ३४ बजे