Logo

मुख्य समाचार

रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको ज्यान गएको छ । चौरजहारी नगरपालिका-६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार दुबै जना (दाजुबहिनी)को आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो। मनोज ३ कक्षामा अध्ययनरत थिए भने भावना १ कक्षामा पढ्दै आएकी थिइन् ।

उनीहरूलाई खोलाले बगाएको सूचना पाएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मनोजको शव खोलाबाट १ सय ५० मिटर तल भेटिएको थियो। भावनाको शव भने ८ सय मिटर तल भेटिएको  प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ११ बजे