Logo

Breaking News 1

भारतविरूद्ध आसिफको सानदार अर्धशतक



काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरे। त्यतिबेला नेपालले २७.२ ओभरमा ११३ रन जोडेको थियो ।

खेलमा कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भएका थिए।कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भए। भीम सार्की पनि ७ रनमा भारतका रविन्द्र जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए।

नेपालका ओनपर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। शार्दूल ठाकुरको दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हानेका थिए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए।

यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : १२ बजे