Logo

Breaking News 1

पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ टेलिभिजनको महाप्रबन्धकमा नियुक्त



काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ सेभेन स्टार फोर के टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन्  ।

चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई आइतबार टेलिभिजनको कार्यालय शान्तिनगर  काठमाडौंमा अध्यक्ष  सुरेश काफ्लेले नियुक्ति पत्र प्रदान गरेर महाप्रबन्धकको जिम्मेवारीमा  नियुक्त गरेका हुन् ।

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले जिम्मेवारी समाल्दै आफूमा भएको सिप, क्षमता र अनुभवको भरपुर उपयोग गरी टेलिभिजनमा आफूलाई  समर्पित गर्ने सोच लिएको बताएकी छन् ।

व्यवसायिकरुपमा करिब ३३ वर्ष पत्रकारिता क्षेत्रको अनुभव बोकेकी श्रेष्ठले  भनिन्न, ‘आफूले पाएको र  हालसम्म गरेको कामको अनुभवलाई यस टेलिभिजनमार्फत आम दर्शकहरूबिच प्रभावकारी र उत्पादनमूलक बनाई टेलिभिजनलाई अझै चम्काउने लक्ष्य छ ।’

त्यस्तै स्टार जस्तै चम्किलो  बनाउन  श्रेष्ठका   योगदान अतुलनीय रहने टेलिभिजन परिवारले विश्वास लिएको अध्यक्ष काफ्ले बताउँछन्

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ५ : ३० बजे