Logo

Breaking News 1

एकीकृत समाजवादीले बोलायो सचिवालयको बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार  बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन ।

बैठकमा पार्टी कमिटी निर्णयको कार्यान्वयनख तथा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघमा महाधिवेशन तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : ४४ बजे