Logo

Breaking News 1

जुम्ला बाट मुगु तर्फ आउदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु



मुगु ।  कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।

नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।  बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै मृत्यु  भएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमै चालक र सहचालक दुवैको मृत्यु भएको छ भने मृतकको पहिचान भने नखुलेको जनाए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ११ : ५६ बजे